|

इरानको राजधानी तेहरानस्थित एक क्लिनिकमा भएको विस्फोटमा परी कम्तीमा १३ जनाको ज्यान गएको छ। 

सीना अतहर क्लिनिकमा सो विस्फोट भएको र ज्यान गुमाउनेको संख्या अझै बढ्नसक्ने इरानी अधिकारीहरुले बताएका छन्।

दर्जनौं मानिसहरु घाइते भएका छन्। ज्यान गुमाउने अधिकांश महिला रहेको बताइएको छ। 

ग्यास लिक हुँदा सो विस्फोट भएको र विस्फोट भएको स्थानमाथिको आकाशसम्म धुवाँ देखिएको बीबीसीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.