काठमाडौं : विहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ अंकले बढेको छ। विहीबार कारोबार बन्द हुँदासम्म नेप्से १३ सय ४३ दशमलव ८५ अंकमा पुगेको छ।
विहीबार क वर्गका कम्पनीको कारोबारको मापन गर्ने नेप्से परिसूचक ६.७३ र सम्पूर्ण सेयर पत्रको कारोबारको मापन गर्ने फ्लोट इन्डेक्स २.१४ अंकले बृद्धि भएको छ। यस दिन सेयर कारोबारमा सबै भन्दा बढी प्रभाव पार्ने वाणिज्य अन्तर्गतका परिसूचक नै २६.३७ अंकले उकालो लागेपछि त्यसको प्रभाव नेप्सेमा देखिएको हो।
त्यस्तै विकास बैंक अन्तर्गतका परिसूचक २४.०६, होटल अन्तर्गतका परिसूचकहरु २४.६८, जलविद्युत अन्तर्गतका परिसूचकहरु १४.१४ अंकले उकालो लागेका छन्। बिहीबार सबै भन्दा बढी विमा अन्तर्गतका परिसूचक २९०.२७ अंकले उकालो लाग्दा वित्त अन्तर्गतका परिसूचक भने ११.६१ अंकले उकालो लागेको छ। विहीबार अन्य अन्तर्गतका परिसूचक भने ६.६५ अंकले ओरालो लागेको छ।
विहीबार १४५ कम्पनीका २६ लाख ६८ हजार ९ सय ७७ कित्ता सेयर पत्रको कारोबार हुँदा ६६ करोड ४ लाख ८६ हजार १ सय ४४ रुपैयाँको कारोबार भएको छ। यस दिन कारोबार भएका १ सय ४५ कम्पनीमा जम्मा ३० कम्पनी घाटामा गए भने ११५ कम्पनीले नाफा कमाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।