|
फाइल फोटो

सिन्धुपाल्चोक : तातोपानी भन्सार कार्यालयमा तीन महिनामा एक अर्व ४८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। 

चीनमा कोरोना भाईरस प्रकोप सुरु भएपछि ठप्प नाका हुँदै चैतबाट सामान आयात सुरु भएको थियो। ‘असार १५ सम्ममा एक अर्व ४८ करोड रुपैयाँ राजस्व संकलन भएको छ,’ भन्सार प्रमुख लालवहादुर खत्रीले भने, ‘कोरोना प्रकोप नियन्त्रणका औषधि, कृषि सामग्री र फलफूललगायतका सामग्री भन्सारबाट धेरै आएका छन्।’

वर्षासँगै पहिरोको कारण बेलाबेला सडक अवरोध भएकाले सामान आयातमा समस्या भएको उनले बताए। तातोपानी भन्सार सुक्खा बन्दरगाहमा दैनिक १५ कन्टेनर सम्मको भन्सार हुने गरेको छ। चीनतर्फ नेपाल ल्याउने सामग्री बोकेका कन्टेनर पालो कुरेर बसेको व्यवसायीहरु बताउँछन्। चीनले पठाएको भोलुममा सामान नेपाल भित्र्याउन नसकेको भन्सार प्रमुख खत्रीले बताए।

निर्यात शून्य

पछिल्लो पटक भन्सार सञ्चालन भएसँगै  नेपाल भित्रिने सामग्रीमा वृद्धि भएको छ। तर, नेपाल वाट चीन निर्यात भने शून्य अवस्थामा छ।

नेपालले विगतमा निर्यात गर्ने ऊन, हस्तकलाका सामग्री, गलैंचालगायतका सामान निर्यात गर्दथ्यो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.