|

बुटवल : नेपाल पत्रकार महांसघ रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ। मंगलबार भएको दशौं अधिवेशनमा मतदानबाट यानेन्द्र जिसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो।

बुधबार बिहान सकिएको मतगणना अनुसार अध्यक्षका प्रत्यासी खिमानन्द भट्टराईलाई पराजित गर्दै जिसी विजयी भएका हुन्। त्यस्तै उपाध्यक्षमा दिनेश पाण्डे विजयी भएका छन्। उनले प्रतिष्पर्धी हरिष ढकाललाई झिनो मतान्तरले पराजित गरेका हुन्।

महिला उपाध्यक्षमा निरु गौतम बिजयी भएकी छन्। महासंघमा यो पटकदेखि उपाध्यक्षमा महिला हुने व्यवस्था छ। गौतमले रेखा भुसाललाई पराजित गरिन्।

त्यस्तै सचिवमा रामप्रसाद आचार्य बिजयी भएका छन्। आचार्यसँग भवानी प्रसाद पाण्डे पराजित भए। कोषाध्यक्ष पदमा सी.पी. खनाललाई पराजित गर्दै स्वस्तिक श्रेष्ठ बिजयी भएका छन्।

खुला तर्फको सह–सचिव पदमा कमल रायमाझी र समावेशी सहसचिवमा विनोद परियार बिजयी भएका छन्। रायमाझी र परियारले प्रत्याशी क्रमशः रमेश पोख्रेल र सुमनरश्मी श्रेष्ठलाई पराजित गरेका हुन्।

८ जना खुला सदस्यमा प्रकाश डुम्रे, कपिल अधिकारी, प्रकाश आचार्य, विकास पराजुली, भुवन पाण्डे, इन्दिरा गौतम, सञ्जु पौडेल, वीरेन्द्र कुँवर विजयी भएका छन्। सदस्य पदमा १६ जनाको उम्मेदवारी परेको थियो।

त्यस्तै जनजाति तर्फको सदस्यमा हिक्मत चौधरी, महिलामा माया केसी, मधेसीमा विरेन्द्र मिश्र, अल्पसंख्यकमा कृष्ण खनाल विजयी भएका छन्। दलित तर्फको सदस्यमा सञ्जय सौगात निर्विरोध निर्वाचित भए।

केन्द्रीय पार्शदमा ७ जना महिलासहित २९ जना निर्वाचित भएका छन्। खुला तर्फ दीपक ज्ञवाली, शेरबहादुर केसी, वालकृष्ण चापागाईं, डीआर घिमिरे, अमृत गिरी, प्रदीप आचार्य, विश्वास ढकाल, लक्ष्मण पोखरेल, हरि लम्साल, रामकृष्ण भण्डारी, श्यामशंकर पाण्डे, रुद्रहरि कुँवर, केशव भण्डारी, कपिल ज्ञवाली, विक्रम खड्का, दीपक विश्वकर्मा, कृष्ण मल्ल, टीपी भुसाल, डायलसन अधिकारी, विनोद पहाडी, भरत केसी, मोहन चापागाई निर्वाचित भएका छन् ।

त्यस्तै महिला तर्फ केन्द्रीय पार्षदमा अमृता अनमोल, इन्दिरा अर्याल, भगवती पाण्डे, माया गौतम, मिना ढकाल, सावित्री रसाइली, सम्झना शर्मा निर्वाचित भए। प्रदेश पार्शद तर्फको ३९ पदमा भने मंगलबार नै निर्विरोध निर्वाचित भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.