|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट बालुवाटार फर्किएका छन्। नियमित चेकजाँचका लागि बाँसबारीस्थित शहिद गंगालाल हृदय केन्द्रबाट बालुवाटार फर्केका हुन्। 

अस्पतालबाट नियमित चेकजाँच गराएर प्रधानमन्त्री ओली बालुवाटार फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

'प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि केन्द्र जानुभएकोमा अत्यावश्यक परीक्षण गरी निवास फर्किसक्नुभएको छ', उनले भने। 

मुटुमा केही समस्या भएपछि प्रधानमन्त्री केही समयअघि गंगालाल अस्पतालमा गएका थिए। गत आइतबारदेखि जारी स्थायी कमिटी बैठकमा सहभागी भइरहेका ओलीलाई धपेडी भइरहेको थियो
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.