|

दमक : झापाको दमकमा आजदेखि चारदिने फुड फेस्टिभल सुरु भएको छ। दमकको मुख्य सडकमा सुरु भएको फेस्टिभलको झापाका प्रमुख जिल्ला अधिकारी उत्तर कुमार खत्रीले उद्घाटन गरे।

कार्यक्रममा प्रजिअ खत्रीले आन्तरिक पर्यटन ,प्रवद्र्धन गर्न फुट फेस्टिभलले सघाउ पुर्‍याउने बताए। उनले जातीय संस्कृति,खानपानको संरक्षण र सम्र्बद्धन गर्न निजी क्षेत्रबाट आयोजना हुने यस्ता फेस्टिबल,महोत्सव उपयोगी हुने बताए। दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले फेस्टिभलले पर्यटन प्रवर्ध्दनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

आयोजक होटल व्यवसायी संघ माई पश्चिम क्षेत्रीय समितिका अध्यक्ष राजेन्द्र दंगालले फेस्टिभलमा विभिन्न जातीय खानपानसहित विभिन्न व्यापारीक ४० बढी स्टलहरु रहेको जानकारी दिए। नेपाल पर्यटन बोर्ड जिविस, दमक नगरपालिका, विभिन्न व्यापारिक प्रतिष्ठानहरुको सहकार्यमा फुड फेस्टिभल आयोजना गरिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.