|

सुनसरी : संकटा क्लबले बुढासुब्बा गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ। सुनसरीको धरानमा बिहिबारदेखि सुरु भएको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्‍घाटन खेलमा संकटा क्लब काठमाडौं विजयी भएको छ।

दुर्गापुर स्टील कलकतालाई ३–२ ले हराउँदै संकटा क्लब क्वाटरफाइनल पुगेको छ। संकटाका लागि मार्टिन अजय,अनिल गुरुङ,सुशिल केसीले गोल गरेका थिए। दुर्गापुरका तर्फबाट आका तथा सलादिन मिर्जाले १\१ गोल गरे।

प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा नेपाल पुलिस क्लब र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा नेपालका ८ र भारतका २ क्लब सहभागी छन्। धरान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.