|

जुम्ला :  सांसद विकास कोषको चार करोड  रकम  स्याउको बगैँचा व्यवस्थापनमा खर्च गरिने भएको छ। जुम्लाका प्रतिनिधिसभाका सदस्य गजेन्द्र बहादुर महतको सांसद विकास पूर्वाधार कोषको बजेट नमूना स्याउ र ओखर बगैँचामा लगानी गरिने बताए।  

यस अघि  जुम्लामा दिइएका टुक्रे योजनाले कृषिमा परिवर्तन नआएको भन्दै सांसद महतले ‘नमूना स्याउ  तथा ओखरको  बगैंचा’ ब्यवस्थापनमा   एक वर्षको सांसद विकास पूर्वाधारको बजेट प्रयोग गर्ने बताए। 

उनले  बगैंचा क्षेत्रको अवलोकन तथा स्थानीय सरकारसँगको समन्वय पछि बृहत बगैँचाका लागि कृषि क्षेत्र तथा पशुपक्षी विज्ञहरु, कृषि अनुसन्धान विज्ञहरुसँग राय सल्लाह मागेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय इकाइ  स्याउ सुपरजोन कार्याल ,कृषि विकास कार्यालय, कृषि अनुसन्धान केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान, पशुपालन तथा भेटेनरी अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेडाबाख्रा केन्द्र गुठि चौरका प्रमुखहरुको सहभागितामा  भएको बृहत चक्लाबन्दी बगैचाका लागि कसरी अगाडि बढ्ने, प्राविधिक विषयहरु के के हुन? र कसरी सफल हुने भन्ने बिषयमा जुम्लामा छलफल गरिएको छ।

जुम्ला जिल्लाको तातोपानी गाउँपालिकाको गौतम बाडादेखि डाँगी वाडासम्मको जमिनलाई घेरवार, सिँचाई देखी संरक्षण गरि नमूना उत्पादन क्षेत्र बनाईने भएको भन्दै सांसद महतले बताए। उनले भने ‘जुम्लामा थुप्रै परिवर्तन भएको छ। तर कृषिमा परिवर्तन आएको देखिदैन। तर कृषि  उत्पादन  बिना समृद्धि असम्भव भएकाले जिल्लाकै नमुनाको रुपमा स्याउको बगैंचा ब्यवस्थापनमा ध्यान दिन आवश्यक छ।’ 
बृहत प्याकेज कार्यक्रम निकै राम्रो र जिल्लाकै उत्पादनका लागि नमूना क्षेत्र हुने भन्दै  कृषि विज्ञहरुले सुझाव दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.