समाज

बारामा चट्याङ लागेर चार महिलाको मृत्यु, ७ घाइते

असार १८, २०७७

    काठमाडौं : बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। 

    आज विहान चट्याङ लाग्दा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए।  उनका अनुसार कलैया उपमहानगरपालिका–१२ कि ३५ वर्षीया आशा देवी र ४५ वर्षीया अलिमा खातुनको मृत्यु भएको छ। यसै गरी बाराको फेटा गाउँपालिका वडा नं १ का ३० वर्षिया तेन्दु देवी र ४० बर्षीया सुनारपती देवी छन्। 

    चट्याङ लागेर फेंटा गाउँपालिका–१ कै बच्वा देवी, राजपती देवी, कान्ति देवी, उमा देवी, लिलावती देवी, शोशिता देवी र शीला देवी गम्भीर घाइते भएको र उपचारका लागि उनीहरूलाई वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ। खेत रोपाइँ गर्ने क्रममा महिलाहरुलाई चट्याङ लागेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]