राजनीति

खुमलटारको निष्कर्ष : एकता जोगाऊँ छलफलबाटै समस्या समाधान गरौँ

फाइल फोटो
असार १८, २०७७

    काठमाडौ‌ं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना भएपछि शीर्ष नेताहरु छलफलमा जुटेका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री ओली निकटका नेताहरुसँग छलफल गरेका छन्। छलफलमा नेताहरुले पार्टी एकता जोगाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

    'बैठकमा पाटीभित्र देखिएको समस्या समाधान कसरी गर्ने भन्नेमा छलफल भयो। सहभागीहरुले पार्टी एकतालाई जोगाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ' बैठकमा सहभागी एक नेताले थाहा खबरसँग भने।

    पार्टीभित्र केही नेताहरुले दुवैतिरको कुरा यताबाट उताबाट यता ल्याउने गर्नुभएको पनि पाइयो। त्यो समस्या नहटेसम्म एकताबद्ध हुन सकिँदैन भन्नेकुरा पनि बैठकमा उठ्यो बैठकमा सहभागी अर्का नेताले भने, 'पार्टीभित्र एक अर्कासँग लडेर मात्रै नहुने भएकाले पार्टीभित्रका समस्या समाधान गर्नका लागि ओली पक्षका नेताहरुले पनि परेको ठाउँमा सक्दो सहयोग गर्ने बताउनुभएको छ।'

    पार्टीभित्र समस्या अध्यक्षद्धयबीच बसेर आपसी समझदारीमा समस्या समाधान गर्नुपर्ने ओली निकट नेताहरुको बताएको ती नेताले बताए। अध्यक्ष दाहाल निवास खुमलचारमा बसेको बैठकमा ओलीपक्षबाट छलफलका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, विष्णु रिमाल, सुवास नेम्वाङलगायत भएका थिए। दाहाल नेपाल समूहबाट बैककमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, मात्रिका यादव, हरिवोल गजुरेल, सुरेन्द्र पाण्डे लगायतका नेताहरु सहभागी थिए। प्रधानमन्त्री एकलौटी ढंगले चलेको भन्दै अध्यक्ष दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम प्रवक्ता नारयणकाजी श्रेष्ठलगायत नेताहरुले प्रधानमन्त्री ओलीको दुवै पदबाट राजीनामा माग गरिरहेका छन्।

     

     

     

    बुधबार साँझ अध्यक्ष दाहाल नेपाल समूहले आफूनिकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका थिए। सो बैठकमा स्थायी कमिटीको ६ सहित ३० बढी स्थायी कमिटीका सदस्यको उपस्थिति थियो। ललितपुरको झम्सिखेलमा भएको भेलालाई प्रधानमन्त्रीलाई दुवै पदबाट राजीनामा दिन लगाउन दबाब दिने निष्कर्ष निकालेको थियो। बुधबार बिहान प्रधानमन्त्री ओली आफू निकटका केही मन्त्री र स्थायी कमिटी सदस्यहरुसँग परामर्श लिएका थिए।

रमेश पराजुली

पराजुली समसामयिक राजनीतिक र सामाजिक विषयमा रिपोर्टिङ गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]