|
फाइल फाेटाे

काठमाडौं : सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा शुरु भएको छ।  बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अध्यक्षता गरेका छन्।  अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोली शितल निवासबाट भर्खरै बालुवाटारबाट फर्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

लगत्तै मन्त्रिपरिषद बैठक बस्ने भएपछि आजको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा अ‍ोली केही बेरपछि मात्र सहभागी हुनेछन्। दिउँसो १ बजेका लागि राष्ट्रिय सभाको बैठक पनि आव्हान गरिएकाले केही स्थायी कमिटीका सदस्यहरु बैठक छाडेर केहीबेरमा संसद भवन तिर जाने छन्। 

नेकपा स्थायी कमिटी सदस्य तथा संसदीय दलका प्रमुख सचेतक देव गुरुङका अनुसार बैठकमा नेताहरुले धारणा राख्नेक्रम शुरुभएको छ। 

प्रधानमन्त्री ओली परामर्शका लागि शितलनिवास गएपछि स्थायी कमिटी एक घण्टा ढिला शुरु भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.