|

रौतहट : प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त प्रहरीटोलीले रौतहटको गौरबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार साझ गौर नगरपालिका वडा नम्बर २ महादेवपट्टि बाट १० लाख १ हजार रुपैयाँसहित गौर नगरपालिका–२ का २३ वर्षीय अविनाश गुप्तालाइ प्रहरीले पक्राउ गरेको हो। संयुुुक्त गस्ती टोलीले महादेवपट्टीस्थित सडकमा चेकजाँच गर्ने क्रममा महादेवपट्टी तर्फबाट गौर तर्फ आउदैँ गरेको बिआर क्यु २५३३ नं.को मोटरसाईकल रोकी चेकजाँच गर्दा  उक्त मोटरसाईकलको बाँया तर्फको लेगगार्डमा झुण्डयाएको नाईलनको झोला खोली हेर्दा सो झोला भित्र स्रोत नखुलेको विभिन्न दरको नेपाली रकम दश लाख एक हजार फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

पक्राउ परेका गुप्तालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। पछिल्लो समय भारतबाट लाखौं रुपैयाँ दैनिक रुपमा नेपाल भित्री रहेको छ। लकडाउनका कारण भारतिय व्यापारीहरुसँग रहेको करोडौं नेपाली रुपैयाँ रौतहटको विभिन्न नाकाहरु बाट अवैधरुपमा भित्राउने गरिएको छ। भारतीय व्यापारीसँग रहेको रकम रौतहटको इशनाथ, बौधिमाइ र गौर नाकाबाट लाखौं रुपैयाँ नेपाल भित्रिने गरेको पाइएको हो। प्रहरीले यस अघि पनि २ पटक गरेर सिमाक्षेत्रबाट १८ लाख भन्दा बढी रकम बरामद थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.