ओली र प्रचण्ड दुवै नेतासँग संवाद गर्दै

|

काठमाडौं : नेताहरुबीच आन्तरिक छलफल जारी रहेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्‍ने भनिएको स्थायी कमिटी बैठक रोकिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट हटाउने गरी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल अघि बढेको अवस्थामा स्थायी कमिटी बैठक पनि रोकिएको हो।

बालुवाटारमै नेताहरुबीच वान टु वान संवाद भइरहेको छ। त्यहाँ अध्यक्ष दाहालले उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेलसँग संवाद गरिरहेका छन्।

अर्कातिर प्रधानमन्त्री ओलीले पनि प्रचण्ड र वरिष्ठ नेता नेपालसँग पनि संवाद गरिरहेका छन्। खुमलटारमा ओलीनिकट स्थायी कमिटी सदस्यसँग छलफल गरेका दाहालले बालुवाटारमा पनि संवाद गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.