नेकपा नेताहरू जानै छाडे पार्टी कार्यालय

|

काठमाडौं : मुलुकमा सबैभन्दा ठूलो राजनीतिक दल नेकपाले यतिखेर सरकार चलाइरहेको छ। नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी हाँकिरहेका छन्। दुईवटा पाइलट भएको पार्टीका कार्यालय पनि दुवै ठाउँ छन्।

देशकै ठूलो पार्टीले धुम्बाराहीस्थित तत्कालीन नेकपा एमालेको केन्द्रीय कार्यालयलाई प्रमुख मानेको छ भने पेरिस डाँडास्थित तत्कालीन नेकपा माओवादी (केन्द्र) कार्यालयमा पनि जनवर्गीयसहितका संगठनका कार्यालय छन्। तर यी दुवै कार्यालयमा शीर्ष नेतृत्व विरलै पुग्छ।

नेकपा दुई अध्यक्ष ओली र दाहालका लागि यी दुवै स्थान बिरानो जस्तै भइसकेका छन्। सिनियर पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारबाटै सबै पार्टी गतिविधि चलाइरहेका छन्। त्यसो त बालुवाटार विशुद्ध सरकारी निवास हो। त्यहाँबाट कुनै पनि राजनीतिक दलको बैठक, सभा गर्नु उचित हुँदैन। तर अहिले बालुवाटार नै नेकपाको मुख्य अखडा भएको छ। 

दुवै अध्यक्षले पार्टी बैठक बालुवाटारमै गरिरहेका छन्। अर्कातिर आफूनिकट गुट भेलासमेत बालुवाटारमै हुने गरेको छ। अध्यक्ष दाहालले आफ्नो निवास खुमलटारलाई पनि गुट भेला र नेता भेटघाटका लागि प्रयोग गर्ने गरेका छन्। तर दुवै नेताले यस्ता भेला र बैठक पार्टी कार्यालयमा राख्दैनन्। 

नेकपाका नेताहरु बालुवाटारमै घमासान गरिरहँदा पार्टी कार्यालय भने सुनसान छन्। केही सहयोगी र सचिवालयका कर्मचारीहरु मात्रै पार्टी कार्यालय रुँगेर बसिरहेका छन्। नेकपाका सबै नेता कार्यकर्ताको ध्यान अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै केन्द्रित छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.