लामो समयसम्म रिपोर्ट नआएपछि भागेका थिए

|

डडेल्धुरा : कैलालीस्थित एक क्वारेन्टाइनबाट भागेका ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। कोरोना परीक्षणका लागि स्वाब दिएको लामो समयसम्म पनि रिपोर्ट नआएको भन्दै क्वारेन्टाइनबाट भागेका गोदावरी नगरपालिका-११ ओलानीका ३३ जनामा संक्रमण पुष्टि भएको हो। 

भारतबाट आएकामध्ये आरडीटी पोजेटिभ देखिएका ७० जनालाई वडा नम्बर ११ को सरस्वती माध्यमिक विद्यालयको क्‍वारेन्टाइनमा राखिएको थियो। त्यसपछि उनीहरुको असार ४ गते स्वाब संकलन गरियो। तर, स्वाब लिएको लामो समय भइसक्दासमेत रिपोर्ट नआएपछि ५९ जना क्‍वारेन्टाइनबाट भागेका थिए।

सुरुमा क्‍वारेन्टाइनमा बसेका ७० जनामध्ये ४२ जनामा कोरोना देखिएकोमा भागेका ३३ जना पनि रहेको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख वीरबहादुर कुँवरले जानकारी दिए। नगरपालिकाले क्‍वारेन्टाइनबाट घर गएकाहरूलाई घरमै सुरक्षित बस्न वा फेरि क्‍वारेन्टाइनमा फर्किन सुझाएको छ। ती सबैको कन्ट्याक ट्रेसिङसमेत हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.