|

गुल्मी : गुल्मीका सबै स्थानीय तहहरुमा सलह किराले मकैमा क्षति गरेको छ। यो समयमा मकै बालीको सिजन भएकाले  मकैमा सलहको क्षति गरेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ।

मदाने गाउँपालिका–१ अग्लुङको ओख्लेदह, अग्लुङफेदी, चुत्राबोटमा लगाइएको मकै बालीमा सलहले क्षति गरेको वडाध्यक्ष प्रेमचन्द्र बोहोराले जानकारी दिए। उनका अनुसार ज्ञानबहादुर चन्दको मकै बालीमा धेरै क्षति पुगेको छ। मदाने गाउँपालिकाको बाँझकटेरी, सिर्सेनीे अग्लुङ, रेसुंगा नगरपालिकाको वडा १० र ११ मा सलहले क्षति गरेको स्थानीयहरुले बताए।

ज्ञान केन्द्रसँग क्षतिको विवरण नै छैन

स्थानीय तहमा मकै बालीमा सलहले क्षति गरेको स्थानीयहरुले बताए पनि कृषि ज्ञान केन्द्रसँग क्षतिको विवरण छैन।

कार्यालयका कृषि प्रसार अधिकृत सनबहादुर रानाले कुन स्थानीय तहमा कति क्षति पुग्यो भन्ने तथ्यांक संकलनको कार्य भइरहेको बताए। सबै स्थानीय तहहरुमा सम्पर्क गरी क्षतिको विवरण संकलन भइरहेको उनको भनाइ छ।

ज्ञान केन्द्रले सलहबाट बाली जोगाउन सचेत बन्न  कृषकहरुलाई आग्रह गरेको छ। क्षति कम गर्न अपनाउनुपर्ने उपायहरुसँगै धुवाँ बाल्ने, थाल ठटाउने, मादल बजाउन आग्रह गरेको छ। मकै बारीमा सलह बस्न नदिनका लागि कृषकहरुले बारीमा धुँवा बाल्ने, थाल, ड्रम ठटाउने र शंख बजाउने कार्य समेत गरेका छन्

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.