|

एजेन्सी : नेपाल र भारतको सदि‍औंदेखि मैत्रिपुर्ण सम्बन्ध रहेको र  सांस्कृतिक तथा सभ्यता युक्त सम्बन्धलाई अझ मजबुद बनाउँदै लाने भारतले जनाएको छ।

‘नेपाल र भारतको मैत्रिपुर्ण सम्बन्ध सदिऔंदेखि रहि आएको छ, सांस्कृतिक र सामाजिक सम्बन्ध पनि कायम रहि आएको छ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने,’ हामी यस सम्बन्धलाई थप मजबुद बनाउनलाई प्रतिबद्ध छौ।‘

दुवै देशलेबीच व्यापार सुरु गर्नलाई धेरै मेहनत गरिरहेको उनले जनाएका थिए। भारतमा लकडाउनको समयमा पनि व्यापारिक गतिविधि भइरहेको उनले बताए। वर्षाको समयमा नेपालबाट जाने नदीको बहावलाई रोक्न तटबन्ध निर्माण गर्ने कार्य भइरहेको उनले बताए। नेपाल  र भारतको बिचमा नक्सा विवादलाई लिएर द्धिपक्षीय सम्बन्धमा टकराव आएको थियो।

भारतीय विदेश मन्त्रालयले यस्तो भन्नु अगाडि नेपालका प्रधानमन्त्री केपी ओलीले  भारतलाई लक्षित गरी टिप्पणी गरेका थिए। प्रधानमन्त्रीले केपी शर्मा ओलीले आफ्नो  सत्ता ढाल्नको लागि दूतावास सक्रिय रहेकाे जनाएपछि यसकाे चर्चा भारतमा पनि भएकाे थियो तर विदेश मन्त्रालयले यस बारेमा बोल्न चाहेन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.