|
फाइल फोटो

गुल्मी : अविरल वर्षाका कारण गुल्मीमा पहिरोले गोठ बगाउँदा  १८ महिने बालकको मृत्यु भएको छ। दुई जना बेपत्ता भएका छन्। 

जिल्लाको इश्मा गाउँपालिका वडा नं १ हस्तिचौरको मल्दीमा राति पहिरोले गोठ बगाउँदा गोठमा सुतिरहेका वसन्त सारुका १८ महिने बालक सिजन सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्थले जानकारी दिए।

यस्तै सोही ठाउँमा पहिरोका कारण अन्दाजी २७ वर्षीया इश्वरी खत्री घाइते भएको र उनकी ७ वर्षकी छोरी अपिक्षा खत्री  बेपत्ता रहेको  पन्थले जानकारी दिए।    यस्तै मुसिकोट नगरपालिका–२ को हाँडीखोलामा हरिप्रसाद घिमिरेको घुम्तिपसल पहिरोले बगाउँदा अन्दाजी ६५ वर्षीय भागीरथ घिमिरे बेपत्ता भएको र बेपत्ता भएकाहरुको  खोजी कार्य जारी रहेको  पन्थको भनाइ छ। 

यस्तै मुसिकोट नगरपालिका वडा नं २ राताचौरका जनक जोशीको घर र कुमानसिंह खत्रीको घर पहिरोले भत्किएकाले सुरक्षित स्थानमा सारिएको छ।  यस्तै मुसिकोट  नगरपालिका २ अमराइका रामबहादुर सुनारको गोठ पहिरोले बगाउँदा तीन वटा भैसी, ७ वटा बाख्रा, टेकबहादुर सार्कीको  गोठसहित तीन वटा भैसी , अर्जुनबहादुर  सिंहको  गोठसहित एउटा भैसी र चार वटा बाख्रा बगाएको छ।

 गुल्मीमा गएराति देखि अविरल वर्षा भएकाले घटना स्थलहरुमा नेपाली सेना , शसस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार तथा खोजी कार्यमा खटिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.