​दररेटअनुसार स्थानीय तहसँग पैसा माग्दै

|

दाङ : दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षण गरेबापतको रकम उपलब्ध गराउन  यहाँका स्थानीय तहहरलाई अनुरोध गरेको छ। सबै स्थानीय तहहरुलाई अहिलेसम्म परीक्षण भएका प्रत्येक पिसिआर परीक्षणबापतको रकम उपलब्ध गराउन अनुरोध गरेको हो।

प्रतिष्ठानका रजिष्ट्रार कैलासप्रसाद देवले सबै स्थानीय तहलाई पत्र लेख्दै सरकारको दररेटअनुसार रकम सोधभर्ना गर्न अनुरोध गरेका हुन्। अहिले प्रतिष्ठानको आर्थिक अवस्था पनि कमजोर भएकाले सरकारले तोकेको दरअनुसार प्रत्येक व्‍यक्तिको ५ हजार ५ सयका दरले अहिलेसम्म परीक्षण भएको स्वाबको रकम उपलब्ध गराउन अनुरोध गरिएको छ।

प्रतिष्ठानले अहिले आफ्नै खर्चमा पीसीआर मेसिन, कीट खरिद गर्दै आएको र कोरोना परीक्षणको क्रम बढेपछि नियमित विरामी नआउने हुँदा प्रतिष्ठानको आर्थिक अबस्था कम्जोर भएको रजिष्ट्रार देवले बताएका छन्। अहिले खर्च धेरै, आम्दानी न्यून भएपछि कोरोना परीक्षण र व्‍यवस्थापनका लागि स्थानीय तहका जनप्रतिनिधिसंग छलफलबाट रकम दिने सहमति भएको  समेत उनले बताए।

त्यसैगरी,  प्रतिष्ठानले  कोरोना संक्रमण  नभए नभएको जाचँ गर्न स्वाब लिन बन्द गरेको छ। बुधवार तुलसीपुर उपमहानरबाट संकलन गरिएको  ४५ जना स्वाब  प्रतिष्ठानले परिक्षण नगर्ने भन्दै फिर्ता पठाएको हो। त्यसैगरी  प्रतिष्ठानबाट फिर्ता भएको स्वाब परिक्षणको लागी  बिहीबार काठमाडौं पठाएको तुलसीपुर उपमहानगरका  कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए।

‘हामीले बुधवार स्वाब परिक्षणको लागि ४५ जनाको पठाएको थियौँ,’ उनले  भने ,‘ अब प्रतिष्ठानले स्वाब परीक्षण नगर्ने भनेर माथिबाट आएको छ, भनी फिर्ता पठायौँ, तर के कारण  पठाएको हो कुनै आधिकारिक जानकारी दिएको छैन।’ तुलसीपुरमा अहिलेसम्म वडाध्यक्षसहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ। तीमध्ये १० जना निको भएर घर गएको उनले बताए। आज सम्म उपमहानगरमा १८५ जना क्वारेन्टाइनमा बसेका छन्,भने तीमध्ये ४५ जनाको स्वाब संकलन भएको फोकल पर्सन केसीले बताए। 

त्यसैगरी, तुलसीपुर ७ का वडाध्यक्षलाई कोरोना संक्रमण भएपछि उनको कन्ट्रायाक ट्रेसिङ गर्दा अहिलेसम्म घरपरिवार, वडा कार्यालयका कर्मचारीलगायत अन्य  गरी ६७ जना पुगेको उनले बताए।  यसैबीच, स्वाब फिर्ताको विषयममा प्रतिष्ठानमा यस बारेमा कुरा गर्न बुझ्न खोज्दा प्रतिष्ठानका जिम्मेवारी व्यक्तिहरू सम्पर्कमा आउन चाहेनन्।

अहिलेको अवस्थामा प्रतिष्ठानले परीक्षण नगर्नु गलत : नगर प्रमुख

यता, प्रतिष्ठानले स्वाब फिर्ता  पठाएपछि तुलसीपुर उपमहानगरका मेयर घनश्याम पाण्डे प्रतिष्ठान जस्तो प्रतिष्ठित संस्थाले अहिलेको यस्तो अवस्थामा यस गर्न नहुने उनले बताए। उनले प्रतिष्ठानमा केही समस्या भए संघ र प्रदेश सरकार सम्बोधन गर्नुपर्नेसमेत बताए।

‘प्रतिष्ठानले केही समय अगाडी दाङका स्थानीयतहरुलाई पैसा पठाउन पत्र पठाएको थियो,’ उनले भने ,‘ संघ र प्रदेश सरकारसँग समन्वय गरौँ , हामीलाई पैसा पठाउन कुनै गाह्रो होइन, तर पैसा पठाउनुको कारण स्पष्ट हुनुपर्‍यो।’ संघीय र प्रदेश सरकारले सवा करोडभन्दा बढी पैसा र २ वटा पिसीआर मेसिन परीक्षण गर्नको लागि सहयोग गरेको छ। तर त्यसले पनि नपुगेको भए संघ र प्रदेश सरकारले व्‍यवस्थापन गर्नेसमेत उनले बताए। त्यसैगरी स्बाव फिर्ता पठाएको विषयमा संघीय सरकार र प्रदेश सरकारलाई जानकारी गराएको समेत उनले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.