|

दैलेख : कर्णालीमा कोरोना भाइरस कोभिड १९ को केन्द्र बन्दै गएको दैलेखमा शुक्रबार कोरोनाका थप ९ जना संक्रमित फेला परेका छन्। स्वास्थ्य सेवा कार्यालय दैलेखको पिसिआर प्रयोगशालामा १ सय १४ जनामा गरिएको परीक्षणमा थप नयाँ ९ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य सेवा कार्यालय दैलेखले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार प्रयोगशालामा १ सय १४ जनाको परीक्षण गरिएमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको र ९५ जनाको रिपोर्ट नेगेटिभ आएकोमा १० जनाको स्वाब पुन परीक्षण गर्दा पनि पोजेटिभ आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

दैलेखमा हालसम्म कोरोना संक्रमितको संख्या ७ सय ८० पुगेको छ भने ६ सय ८३ जनाले कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिरप्रशाद रेग्मिले जानकारी दिएका छन्।

दैलेखमा कोरोनाका बिरामी दिन दिनै बढ्दै गएपछि निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद रवीन्द्रराज शर्माको पहलमा दैलेखमा पिसिआर मेसिन ल्याइएको थियो। अहिले उत्त मेसिनबाट जिल्लामा कोरोना परीक्षण हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.