|

बैतडी : सरकारले गत असार १ गतेदेखि सरकारी कार्यालय खोल्न दिएको निर्देशनको बैतडीका केही कार्यालयहरुले अटेरी गरेका छन्। इलाका प्रशासन कार्यालय पुर्चौडीले सरकारले दिएको निर्देशन अटेरी गरेको हो। असार १ गते देखि अरु सरकारी कार्यालयहरु सञ्चालनमा आए पनि १९ दिनसम्म पनि इलाका प्रशासन कार्यालय अझै बन्द अवस्थामा रहेको छ। कार्यालय सञ्चालनमा नआउँदा पुर्चौडी क्षेत्रका नागरिक समस्यामा परेका स्थानीय अनिरुद्र जोशीले जानकारी दिए। 

लकडाउनले गर्दा कार्यालयमा कर्मजारी उपस्थित हुन नसकेकाले कार्यालय बन्द अवस्थामा  रहेको हो। बन्दाबन्दीका कारण सवारीसाधन सञ्चालनमा नआएकोले कार्यालयमा जान नसकेको इलाका प्रसासन कार्यालयका प्रमुख गोविन्द प्रशाद भट्टले बताए। इलाका प्रशासन कार्यालय सँग सवारीसाधनको सुविधा नभएको र बन्दाबन्दीको कारण सार्वजनिक सवारीसाधन सञ्चालनमा नआउँदा कार्यालयमा उपस्थित हुन नसकेको हो।

उनले भने, ‘कार्यालयमा कार्यालय सहयोगी रहेको भए पनि सेवाहरु कर्मचारी नहुँदा बन्द रहेका छन्’  आफूसहित अन्य सबै कर्मचारी पनि बन्दाबन्दीले घरमै रहेका भट्टको भनाइ छ।

निर्देशन दिइसकेका छौँ : प्रजिअ

यता, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले पनि सरकारको निर्देशनअनुसार नै असार १ गतेदेखि कार्यालय सञ्चालनका लागि निर्देशन दिइसकेको बताए। उनले भने, ‘इलाका प्रशासन कार्यालय बन्द रहेको भन्ने जानकारी प्राप्त भएको छ, म स्यमं स्थलगत रुपमा बुझ्न गइरहेको छु।’

सरकारले असार १ गते देखि कार्यालय सञ्चालनमा ल्याउने भने बमोजिम सबैजसो कार्यालय सञ्चालनमा आएको भए पनि इलाका प्रशासन कार्यालय भने बन्द भएपनि सेवाग्राहीलाई समस्या भएको छ। एक शाखा अधिकृत, दुई नायब सुब्बा, एक सहलेखापाल,एक कम्प्युटर अपरेटर र दुई कार्यालय सहयोगी गरी ७ जनाको दरबन्दी रहेको इलाका प्रशासनमा अहिले कार्यालय प्रमुख १, एक नायब सुब्बा र एक कार्यालय सहयोगी मात्रै कार्यरत रहेका छन्।

साविकका एक दर्जन गाविसका झण्डै ६० हजार नागरिकका लागि २०७३ सालमा पुर्चौडीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो। इलाका प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान र नाबालक परिचयपत्रलगायत सेवाहरु प्रदान गर्दै आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.