|

काठमाडौं : निजी विद्यालय सञ्चालकहरूले आइतबारसम्ममा सरकारले राहत प्याकेज नल्याए सोमबारबाट अनलाइन कक्षा ठप्प पार्ने चेतावनी दिएका छन्‌।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले राहत प्याकेज ल्याउन सरकारले आलटाल गरेको भन्दै अनलाइन कक्षा बन्द गर्ने चेतावनी दिएको हो।

प्याब्सनका अध्यक्ष टिकाराम पुरीले आइतबारसम्म सरकारले राहत प्याकेज घोषणा नगरे सोमबारबाट अनलाइन कक्षा ठप्प पार्ने निर्णय भएको जानकारी दिए। ‘सरकारले शुल्क उठाउन पनि दिएको छैन,’ उनले भने, ‘यो संकटले घरभाडा तिर्न सकेका छैनौँ, आम्दानी केही छैन, तीन महिनादेखि शिक्षकहरु भोकभोकै छन्, सरकारसँग राहत मागेपनि प्राप्त भएन, त्यसैले आइतबारसम्म राहत प्याकेज घोषणा नगरे सोमबारबाट अनलाइन कक्षा बन्द गर्छौं।’

हाल जारी लकडाउनका कारण दुई लाख शिक्षक-कर्मचारीलाई हातमुख जोड्न पनि समस्या भएको उनको भनाई छ। उनले भने, ‘सरकारले अनलाइन, भर्चुअल कक्षाबाट पढाउनु भन्छ, तर शुल्क लिन दिँदैन, स्रोत नै नभए कसरी पढाउने? भोकै पढाउन सक्दैनौँ।’

उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अवधारणा पत्र बुझाइसकेको जानकारी दिँदै र लुकीछिपी शुल्क नलिन विद्यालयलाई आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.