|

दाङ : घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब परीक्षणका लागि शुल्क मागेपछि यहाँका तीन स्थानीय तहले स्वाब परीक्षणका लागि नेपालगञ्ज पठाएका छन्।

प्रष्ठिानमा संघीय र प्रदेश सरकारको सहयोगमा पिसिआर मेसिन राखेर प्रतिष्ठानमा स्वाब परीक्षण हुँदै आएको थियो। तर, प्रतिष्ठानले आर्थिक कारण देखाउँदै निःशुल्क स्वाब परिक्षण गर्न नमानेपछि दाङका १० वटै स्थानीय तहले विकल्प खोजेका हुन्। 

स्थानीय तहहरुले नेपालगञ्ज, भैरहवा र काठमाडौंमा स्वाब पठाउने तयारी गरेका छन्। प्रतिष्ठानले परीक्षण गर्न नमानेपछि  तुलसीपुर उपमहानगरपालिकाबाट  १७९ , बबई गाउँपालिकाका ५३ र शान्तिनगर गाउँपालिकाका ३६ जनाको स्वाब परीक्षणको लागि नेपालगञ्ज पठाइएको तुलसीपुर उपमहानरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए।

प्रतिष्ठानले यसअघि परीक्षण गरेको रकम सोधभर्ना नहुँदासम्म कोरोना स्वाब राख्न नमानेपछि भेरी अस्पतालसँग समन्वय गरी पठाएको केसीले बताए। त्यसैगरी जिल्लाका अन्य स्थानीय तहहरुले पनि स्वाब संकलन गरेर जिल्ला बाहिर पठाउने तयारी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.