|

स्याङ्जा : स्थानीय तहले कृषि सडक र ग्रामीण सडकलाई प्राथमिकतामा राख्दै आएका छन्। तर, त्यही सडकका कारण स्थानीयहरु भने पहिरोको जोखिमा पर्दै आएका छन्।

स्याङ्जाका एघारवटै स्थानीय तहमा निर्माण गरिएका ग्रामीण सडक छेउछाउका घर पहिरोको जोखिममा पर्न थालेसँगै स्थानीयहरु जोखिममा परेका हुन्। गल्याङ नगरपालिका–९ चितडाँडामा आधा दर्जन घर पहिरोको जोखिममा छन्। करादी–उमाकोट सडक निर्माणपछि सडकमुनिका घरमा बर्षादमा भेल पस्ने र बाटोमाथिको घर पहिरोले तान्ने अवस्थामा छन्।

स्थानीय गुनाखर खनाल भन्छन्, ‘सडक निर्माण गर्दा प्राविधिक परामर्श नभएको कारण यहाँका घरहरु उच्च जोखिममा छन्। नयाँ सडक खन्दा वाल उठाउन र पहिरोको जोखिम मूल्यांकन गर्न आबाश्यक छ।’ गल्याङको वडा नम्बर ४, ६, ९, १० लगाएतको एक दर्जन घर जोखिममा छन्।

यता गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले विपद राहत कोषमार्फत पहिरो नियन्त्रण गरिने बताउँछन्। ‘विकासको पहिलो आधार सडक भए पनि  हाम्रो भूगोलले साथ दिएको छैन,’ उनले भने, ‘उच्च जोखिममा रहेका घरलाई पहिलो चरणमा त्रिपाल वितरण गरेका छौँ, वर्षातपछि आवश्यक ठाउँमा वाल उठाउनेछौँ।’

केही दिनअघि गल्याङ–९ मा गएको पहिरोले एकजनाको ज्यान समेत गएको थियो। एक जना घाइते भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.