|

काठमाडौं : विश्व फुटबलको कालो दिन अर्थात् ‘बस्बी बेब्स’को उपमा पाएको म्यान्चेष्टर युनाइटेडका ८ खेलाडीसहित २३ जना म्युनिख डिजास्टरको सिकार भएको दिन। तत्कालीन समयमा स्पेनिस जाइन्ट रियल मड्रिडको वर्चस्वलाई चुनौती दिन सक्ने टोलीको रुपमा म्यान्चेष्टर युनाइटेडलाई हेरिएको थियो। दोश्रो विश्वयुद्धपछि स्कटिस प्रशिक्षक म्याट बस्बीको प्रेरणाले म्यान्चेष्टर सबैभन्दा सानदार र रोमाञ्चक फुटबल टिम मध्येको एक बनेको थियो। उसले १९५२ देखि १९५७ को अवधिमा तीन लिगको उपाधि जित्यो।

त्यो समय युनाइटेडलाई टोलीका म्यानेजर म्याट बस्बीको नामबाट ‘बस्बी बेब्स’ उपमा समेत दिइएको थियो।  १९५७-५८ को सिजन विजेता बनेपछि युनाइटेडको टोलीले युइएफएले १९५५ मा स्थापना गरेको युरोपियन कप खेल्ने अवसर पाएको थियो। १४ जनवरीमा क्वाटरफाइनलको पहिलो लेगमा ओल्ड ट्राफडमा ६० हजार घरेलु दर्शकमाझ रोबर्ट चाल्र्टन र एडी कोलमेनको गोलको मद्धतमा युगोस्लाभियाको रेड स्टार बेलग्रेडविरुद्ध २–१ जित निकालेको थियो। दोस्रो लेगको अवे गेमका लागि ३ फेब्रुअरीमा युनाइटेडको टोली ब्रिटिस युरोपिनय एयरवेज (बीआईए) विमान ‘एलिजाबेथन क्लास एयरस्पिड एम्बेसेडर २’ मा बेलग्रेड प्रस्थान गर्‍यो।

१९५२ मा बनेको सो विमानलाई ‘लर्ड बुर्लेघ’ समेत भनिन्थ्यो। विमानका पाइलट जेम्स थाएन जो आरएफएका पूर्व उडान लेफिटिनेन्ट र सह पाइलट केनिथ रेमेन्ट आरएएफ उडान लेफिटिनेन्ट तथा दोस्रो विश्वयुद्धको सौन्य उडानकर्तासमेत थिए।

५ फेब्रुअरीमा स्टेडियो जेएनएमा ५२ हजार दर्शकमाझ भएको खेलमा रोवर्ट चाल्र्टनको २ गोल र डेनिस भिलोटको १ गोलको मद्धमा ३-० ले अघि रहेको युनाइटेडले दोश्रो हाफको १८ मिनेट भित्रमा ३ गोल व्यर्होदै बराबरी खेल्यो। यद्यपी दुवै लेगमा गरेर ५-४ गोल अन्तरले युनाइटेड सेमिफाइनल प्रवेश गर्न सफल रहयो। खेलपछि बेलायती दुतावासमा खेलाडीहरुको लागि ककटेल पार्टीको आयोजना गरिएको थियो। सोही रात बस्बीका सहायक जिम्मी मर्फि मेनेजर रहेको वेल्स टिमले विश्वकप क्वालिफायरमा इजरायलविरुद्ध २-० ले जितेको पनि थियो।

यसरी भयो दुर्घटना

भोलिपल्ट फेब्रुअरी ६ मा ‘बस्बी बेब्स’ घर फर्किन तयार भयो। तर, बेलग्रेडमा जोनी बेर्रीको पासपोर्ट छुट्दा विमान जेमुन विमानस्थलबाट एक घण्टा ढिला म्युनिखतर्फ उडेको थियो।  विमान म्युनिख उड्नुको कारण विमानमा इन्धन हाल्नुपर्ने थियो। विमान रेइम विमानस्थलमा अवतरण गर्‍यो। बेलग्रेडबाट म्यान्चेष्टरसम्मको निरन्तर उडान ’एलिजाबेथन’ क्लास एयरस्पीड एम्बासेडर विमानको सीमाभन्दा बाहिर थियो। त्यस समय जर्मनको मौसम एकदमै खराब स्थितिमा पनि थियो।  दुर्घटना हुनुअघि उडानका लागि दुईपटक असफल प्रयास भए।

डेलिमेल युकेमा प्रकाशित लेखका अनुसार उडानमा रहेका दुई जना क्याप्टेनहरु स्टेशन इन्जिनियर विलियम ब्लयाकसँग इन्जिन समस्याको बारेमा छलफल गरे। तर, उनले म्युनिख विमानस्थल उचाइमा भएकाले त्यस्तो समस्या सामान्य भएको बताए। ब्लयाकले सो रात प्लेन नउडाउन सुझाव दिएका थिए। तर कप्तान थाएनले निर्धारित समयमा उडान भर्नका लागि जोड दिन थाल्छन्। र दुवै जना क्याप्टेन विस्तारै गति बढाउछन्।  यसको मतलब प्लेन रनवे देखी टेक अफ गतिसम्म पुग्नेछैन्। क्याप्टेनहरुलाई १.२ माइलसम्म कुनै समस्या नहुनेमा विश्वास रहन्छ। विमानको इन्जिन सुरु गरेर क्याप्टेन रेमेन्टले ब्रेक तान्न थाले र विमानलाई अघि बढाए। दुवै क्याप्टेनले ‘फुल पावर’ भन्दासम्म उनले जारी राख्छन्।

तर क्याप्टेन थाएनले फेरि अर्को समस्या देखे र को–पाइलटलाई मद्दतका लागि बोलाए। ३ बजेर ४ मिनेटको समयमा स्पिड इन्डिकेटरमा हेर्दा क्याप्टेन थाएनले नयाँ खराबी फेला पारे। ‘मैले हावाको गति संकेत हेर्दा १०५ समुन्द्री मिलको गतिमा हल्लिरहेको पाए,’ कप्तान थाएनले स्मरण गरे, ‘जब यो ११७ समुन्द्री माइलको दूरीमा पुग्यो मैले भी-१ लाई बोलाए (भि-१ धावन मार्गको विन्दु जसबाट सुरक्षित रूपमा टेक अफ गर्न सकिँदैन) अचानक सियो झन्डै ११२ मा खस्यो र १०५ मा केन चिच्याए। हे प्रभु हामी यसलाई बनाउन सक्दैनौँ र मैले उपकरणबाट माथी हेरे विमानको मार्गमा धेरै हिउँ, घर र रूखलाई ठिक बाटोमा देखे।’

त्यसपछि एउटा भयानक आवाजका साथ विमान रनवेबाट बाहिर आएर ठोकियो। यत्तिकैमा विमानको पछाडिपट्टिको भाग एउटा घरमा ठोकिन पुग्यो। त्यसलगत्तै घरमा आगो लाग्न थाल्यो। ककपिट भने रूखसँग ठोकिन पुग्यो र विमानको छेउ चाहिँ एउटा काठको झुप्रोमा लाग्यो जहाँ पेट्रोलियम पदार्थ र टायरले भरिएको ट्रक राखिएको थियो। यसपछि विमानमा ठूलो विस्फोटन भयो।

विमानका पाइलट जेम्स थाएन र चालक दलका सदस्यले युनाइटेडका गोलकिपर ह्यारी ग्रेगको सहयोगमा केही प्यासेन्जरलाई विमानबाहिर निकाल्न सफल भए। ४४ जना सवार विमानमा २० जनाले तत्काल ज्यान गुमाए। 

बेलग्रेडविरुद्ध क्वाटरफाइनलमा घरेलु मैदानमा दोश्रो गोल गर्ने २१ वर्षीय एडि कोलम्यान, २४ वर्षीय मार्क जोन्स, २६ वर्षीय टमी टेलर, २२ वर्षीय लियाम विल्ली, २२ वर्षीय डेभिड पेग, २५ वर्षीय जियोफ बेन्ट, र २८ वर्षीय रोजर ब्रायनले घटनास्थलमा नै ज्यान गुमाए।

अन्य ज्यान गुमाउनेहरुमा युनाइटेडका सचिव बाल्टर क्रिकमर, प्रशिक्षक टोम करी, प्रशिक्षक बर्ट बाल्हे, केविन स्टेवार्ड टोम केबल, पत्रकार अल्फ क्लार्क (म्यानचेस्टर इभिनिङ क्रोनिकल), डोनी डेभिस (म्यानचेस्टर गार्जियन), जर्ज फ्लोस (डेली हेराल्ड), टोम जेक्सन (म्यानचेस्टर इभिनिङ न्युज), आर्ची लेडब्रेक (डेली मिरर), हेनरी रोज (डेल्ली एक्सप्रेस) र इरिक थोम्पसन (डेली मेल) रहेका थिए। ट्राभल एजेन्ट बेल मिक्लोस र युनाटेडका फ्यान तथा बस्बीका साथी विल्ली स्टिन्अफले समेत म्युनिख प्लेन दुर्घटनामा ज्यान गुमाए।

गम्भीर घाइते भएका युनाइटेडका स्टार खेलाडी तथा बेलायती अन्तराष्ट्रिय डुकान एडवार्डको उपचारको १५ दिनपछि मृत्यु भयो। म्यानचेस्टर सिटिका गोलरक्षक समेत रहेका पत्रकार फ्रान्स स्विफ्टको उपचारका लागि अस्पताल लैजाने गर्दा र को–पाइलट केन रेमेन्टको उद्धार गरिएको तीन सातापछि निधन भयो।

दुर्घटनामा बाँचेका दुई खेलाडी जोनी बेरी र ज्याकी ब्लान्चफ्लावरले त्यसपछि कहिल्यै फुटबल नखेल्ने निधो गरे। टोलीका प्रशिक्षक म्याट बस्बी निरन्तर दुई महिनाको उपचारपछि घर फर्किएका थिए। सेट टिम नहुँदा पनि ८ मे मा सिरिए क्लब एसी मिलान माथि २–१ ले जित निकालेको टोली १४ मे मा ४-० ले हार्‍यो। उक्त दुर्घटनापछि म्यान्चेस्टर युनाइटेड लयमा पर्कन १० वर्ष लागेको थियो। र, त्यस पुस्ताका फुटबल समर्थकहरू आफ्ना मनपर्ने खेलाडीले भरिएको युनाइटेडको उत्कृष्ट टिम हेर्ने मौकाबाट बन्चित भएका थिए। म्युनिख दुर्घटनाको १ दशकपछि बर्बी चाल्र्टन, जर्ज वेस्ट, डेनिस ल सम्मिलित युनाइटेड टिमले बेनिफिकालाई ४–१ ले हराउँदै युरोपियन कपको उपाधि जित्यो।

गत फेव्रुअरीमा म्युनिख डिजास्टरका हिरो एवम म्याचेष्टर युनाइटेडका गोलरक्षक ह्यारी ग्रेगको ८७ वर्षको उमेरमा निधन भयो। त्यसपछि‘बस्बी बेब्स’ का एक सदस्य बर्बी चाल्र्टन मात्र अहिले जिवित छन्। १९६६ को विश्वकप विजेता इङल्यान्ड टिमका सदस्य रहेका उनी अहिले ८२ वर्षका भए।

डेलिमेल युकेको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.