|

चीनविरुद्ध अमेरिकामा भारतीय नागरिकले विरोध प्रदर्शन गरेका छन्। भारतीय नागरिकले गरेको विरोध कार्यक्रममा ताइवान र तिब्बती मूलका अमेरिकी नागरिक पनि सहभागी थिए।

चीनविरोधी ब्यानर र प्लाकार्ड लिएर विरोध प्रदर्शन गरेका थिए। विरोध कार्यक्रममा सहभागीले चीन बायकट जस्ता नारा पनि लगाए। जुन १५ मा गलवान घाटीमा भारत र चीनका सैनिकबीच भएको झडपमा भारतको २० र चीनको ४३ जना सैनिक मृत्यु भएको थियो।

कोरोना भाइरसको संक्रमण फैलने चेतावनी दिए पनि चीनविरोधी गतिविधि भएको हो। अमेरिकाको मुख्य सहरमा चीनविरोधी प्रदर्शन भइरहेको छ। सहभागीको हात-हातमा भारत, ताइवान र तिब्बतको झण्डा थियो। चीनको उत्पादनहरु प्रयोग नगर्ने जस्ता घोषणा गरिएको थियो। प्रदर्शनमा चीनमा उत्पादित सामग्रीहरुलाई निरुत्साहन गर्ने जस्ता आवाज पनि उठाइएको थियो। चीनको विरोध गर्न छ भने पहिले आर्थिक गतिविधिलाई रोक्नुपर्छ।

भारतीय संगठन अमेरिकन इण्डिया पब्लिक अफेयर्स कमिटीका अध्यक्ष जगदीश शेवानीले भने,' चीनले भारतीय सैनिकमाथि आक्रमण गरेर आफ्नो परिचय दिएको छ। भारतलाई मात्र दुख दिएको छैन, धेरै राष्ट्रलाई दुख दिइरहेको छ।'

चीन आफ्नै नागरिकको लागि दुखको कारण बन्न गइरहेको उनले आरोप लगाएका छन्। शिनजियांग प्रान्तका वुगिर मुस्लिम समुदायका अधिकार पनि खोसेको उनको भनाइ छ।

प्रदर्शनमा सहभागी तिब्‍बतीयन नागरिकले भने,' चीनको व्यवहारले त्यहाँको जनताको सांस्कृतिक अधिकार खतरामा परेको छ। हजारौ मानिसलाई जेलमा राखिएको छ।' तिब्बती नेता दोर्जी तेस्तेनले समयमै चीनविरुद्ध भारत र अमेरिकालाई सामना गर्नलाई बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.