|

बझाङ/ काठमाडौं : अविरल वर्षासँगै गएको पहिरोमा परी जिल्लाको केदास्यू गाउँपालिका ८ स्थित मल्लेस गाउँका १७ वटा घर बगाउँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन्। शुक्रबार राति करिब एक बजे गाउँको माथिबाट पहिरो खसेपछि गाउँका १७ वटा घर बगाएको स्थानीय लोकेन्द्र बहादुर विकले जानकारी दिएका छन्।

 गाउँमा पहिरो गएको जानकारी पाएपछि नेपाल प्रहरी,र ससत्र प्रहरी वलका सुरक्षाकर्मी घटनास्थल पुगी पहिरोमा पुरिएका ४४ वर्षिया राम देवी जेठारा ७ वर्षिया अस्मिता जेठारा, र ११ वर्ष प्रयाग जेठाराको शव उद्दार गरिएको छ। भने बेपत्ता भएका अन्यको खोजउद्दार गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

पहिरोमा परी वर्ष ४४ का राम देवी जेठारा,उहाँकी १५ वर्षिया छोरी शान्ति जेठारा, ७ वर्षिया छोरी अस्मिता जेठारा, ११ वर्ष छोरा प्रयाग जेठारा, छिमेकी नवराज जेठारा का ११ वर्षिया छोरी सन्तु जेठारा, छिमेकी प्रेम जेठाराका २० वर्षिय छोरा गिरिजा जेठारा, र ८० वर्षिय दले जेठारा जेठारा,बेपत्ता भएका थिए। गाउँमा पहिरो गएकोे जानकारी पाएपछि अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी वलको टोली घटना स्थल पुगी पहिरोमा बेपत्ता भएका हरुको उद्दार कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। मध्य रातीको समयमा पहिरो खस्दा मस्त निन्द्रामा सुती रहेका मल्लेस बासीको मध्यरातामा विचल्ली परेपछि भागदौड गर्दा गर्दै ७ जना बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन्।

बझाङबाट राजेन्द्र बहादुर सिंहको सहयोगमा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.