|

काठमाडौं : खोकनामा स्थानीय र प्रहरीबीच झडप भएको छ। 

काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाको प्रवेशबिन्दु (फास्टट्रयाक जिरोकिलो) मा रहेको आफ्नो जग्गामा किसानले धान रोपेपछि केही दिनदेखि विवाद बढिरहेको थियो।

सोही क्रममा आज बिहानै बाजागाजासहित प्रदर्शनमा उत्रिएका स्थानीयवासी र प्रहरीबीच झडप भएको हो। 

स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल टियर ग्यास प्रहार गरेको छ। 

खोकनाको सुडोलफाँटमा १५ असारका दिन प्रहरीले स्थानीयलाई धान रोप्न अवरोध गरेको थियो। द्रुतमार्ग बनाउन अधिग्रहण गरिएको जग्गा भएकाले अतिक्रमण र खेती नगर्न प्रशासनले आग्रह गर्दै आएको छ। तर खोकनाबासीले भने मुआब्जा लिएपछि पनि यहाँ फास्टट्रयाक बनाउन नपाइने भन्दै विरोध गरिरहेका छन्‌। केही स्थानीयले भने अझैसम्म मुआब्जा लिएका छैनन्‌।

​स्थानीयसँग झडप भएपछि अहिले खोकना क्षेत्रमा प्रहरी तैनाथी बढाइएको छ।

भिडियो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.