|

इलाम : गत वर्ष प्रतिमन २ हजार रुपैयाँमा बिक्री भएको अदुवा अहिले आठ सय रुपैयाँ पाउन मुस्किल छ। कुचो बनाउन प्रयोग हुने अम्रिसोको फूल गत वर्ष प्रतिकेजी एक सय रुपैयाँमा बिक्री भएको थियो तर यो वर्ष ३५ रुपैयाँमा चित्त बुझाउनु परेको छ।

खोल्साको सुनको उपमा पाएको अलैंचीको मूल्यसमेत ओरालो लागेपछि पूर्वी पहाडका किसान मारमा परेका छन्। उत्पादित नगदेबालीले राम्रो मूल्य नपाउँदा घरखर्च चलाउन नै समस्या भएको किसान नुतनदेव दुलाल बताउँछन्।

मुख्य नगदेवालीहरूको मूल्य बसेनि घट्दै गएपछि किसानसँगै व्यापारीको पेशा पनि संकटमा परेको छ। किसानले उत्पादन गरेको नगदेबालीको गुणस्तर सुधार र ‘ग्रेडिङ’ नगरी सोझै भारतीय बजारमा निर्यात गरिँदा मूल्य नपाएपछि अघिल्लो वर्ष किसानका घर घर पुग्ने व्यापारीसमेत गाउँ पस्न नसकेको व्यवसायी कृष्ण पौडेल बताउँछन्।

झापाको काकरभिट्टा हुँदै भारतका ठूला व्यापारिक केन्द्रमा निर्यात हुँदै आएको अदुवा, अलैंची र अम्रिसोेको मूल्यमा गिरावट भएपछि पूर्वी पहाडका व्यपारिक केन्द्र समेत सुनसान छन्। नगदेबाली खेती गर्नेहरूलाई सरकारले समेत प्रोत्साहन नदिएको किसानहरूको गुनासो छ। सहुलियतमा बिउ र मल उपलब्ध गराउनुपर्ने बजारीकरणका लागि सरकारले सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.