पैताला हुँदै सुल, कहाँ हिँडेको होला?
एक्लो हुँदै यो हुल, कहाँ हिँडेको होला?
गङ्गा हो रे गन्तव्य, नदी बगिरहन्छ
वारिपारि हुँदै पुल, कहाँ हिँडेको होला?
हुकुमले यहाँसम्म, हिँडायो मलाई
गल्ती गर्दै भूल, कहाँ हिँडेको होला?
अवसान भयो विश्वासको, त्रासमा छु
समय यो प्रतिकूल, कहाँ हिँडेको होला?
सपनाहरूको जिउँदो, लाश बोकेर
'सुमन' सजाउँदै तुल, कहाँ हिँडेको होला?
तपाईंको ईमेल गोप्य राखिनेछ ।