|
बझाङ पहिरोको तस्वीर

डोटी : डोटीको पुर्वीचौकी गाउँपालिकामा पहिरोमा पुरिएर ४ महिने बालकको मृत्यु भएको छ। पुर्वीचौकी गाउँपालिका वडा नं. ४ सानागाउँको नुवाकोटका भक्त दमाईका ४ महिनाको छोरा छत्र दमाईंको मृत्यु भएको हो।

घरमाथिबाट आएको पहिरोमा पुरिएर बालकको मृत्यु भएको र देउवा दमाई घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। घाइतेको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने परिवार अन्य सदस्य सकुशल रहेका छन्।

घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो आएको जिल्ला प्रहरी कार्यालय डोटीको सूचना अधिकारी कर्ण बोहराले जानकारी दिए। शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण नागरिकको जनजीवन प्रभावित भएको छ। जिल्लाका ग्रामीण सडकहरु पूर्णरूपमा बन्द हुनुका साथै विकास निर्माणका कामसमेत प्रभावित भएका छन्।

आदर्श गाउँपालिका-५ लामीखालको जगेडामा आएको बाढीका कारण खेत बगाएको छ। बाढीले गरेको क्षतिको विवरण संकलनका लागि इलाका प्रहरी कार्यालय मौवाको टोली त्यसतर्फ गएको छ।

शुक्रबार राति पनि  अविरल वर्षासँगै गएको पहिरोमा परी बझाङको केदारस्यु गाउँपालिका ८ स्थित मल्लेस गाउँका १७ वटा घर बगाउँदा ७ जनाको मृत्यु भएको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.