|

सल्यान : लगातारको अविरल वर्षाका कारण सल्यान सल्लीबजार– चौरजहारी –डोल्पा सडकखण्ड अवरुद्ध भएको छ। शनिबार राति कुमाख गाउँपालिका १ खारखोलामा खोलाले सडक बगाएको हो।

सडक अवरुद्ध हुँदा सल्यान कुमाख गाउँपालिका, रुकुम पश्चिम, र डोल्पा जोड्ने बाटो अवरुद्ध भएको स्थानीय कृति बहादुर रानाले बताए। सडक अवरुद्ध भएपछि बिरामी बोक्न गाडीलाई समस्या हुनुका साथै ढुवानीमा पनि समस्या भएको उनले बताए। 

खोलाले पूरै सडक बगाउँदा मानिसलाई हिँड्नसमेत समस्या हुने गरेको छ। सडकको ट्रयाक खोलेको १४ वर्ष बितिसक्दा समेत स्तरवृद्धि नहुँदा वर्षौं समस्या झेल्दै आउनुपरेको कुमाख गाउँपालिका १ कैनकाँडाका राम बहादुर बुढाथोकीले बताए। 

बाटो पूर्ण रुपमा बन्द हुँदा चौरजहारी अस्पताल जान आउन, सामग्री ढुवानी गर्न निकै समस्या भएको बुढाथोकीले बताए। रुकुम पश्चिम जाने नागरिक अहिले जाजरकोटको बाटो भएर घर जान बाध्य भएका छन्। 

देशमा संघीयता आएसँगै सडक कस्ले निमार्ण गर्ने नि¥र्यौल नहुँदा त्यसको सास्ती सर्वसाधारणले भोग्दै आइरहेका छन्। विगतमा सडक डिभिजन कार्याल दाङले हेर्दै आएकोमा अहिले कुन निकायले सडक मर्मत गर्ने भन्ने निश्चित नहुँदा सडक जरजर बन्दै गएको स्थानीय बुढाथोकीले बताए। 

केही भाग प्रदेश सरकारअन्तर्गत सडक डिभिजन कार्यालय चौरजहारी केही भाग पूर्वाधार कार्यालय सल्यानले हेर्दै आइरहे पनि आपसी समन्वय नभएको उनको भनाइ छ। रुकुमले सल्यानको बाटो हो सल्यानले बनाउनुपर्छ भन्ने र सल्यानले रुकुमको सडक भएकाले रुकुमले बनाउनुपर्छ भन्दै दुवै जिल्ला पन्छिँदै आइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.