|
फाइल फोटो

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यकाका ढलहरुमा पनि कोभिड १९ को भाइरस भेटिएको भन्ने समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काठमाडौँ उपत्यका जस्तो घनाबस्ती भएका ठाउँमा समुदायमा संक्रमण फैलिएमा स्थिति भयावह हुन सक्नेतर्फ बेलैमा ध्यान पुर्‍याउन आयोगले सरकारलाई आग्रह गरेको छ।

बढी संक्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न र पिसिआर परीक्षणलाई तीव्रता दिई नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ।

यसअघि पनि आयोगले नेपालबार एशोसियन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ नेपालसँगको सहकार्यमा देशभर कोभिड–१९ को सन्दर्भमा मानव अधिकार अवस्थाको अनुगमन गरी अनुगमनबाट प्राप्त तथ्यको आधारमा पिसिआर परीक्षण बढाउन तथा क्वारेण्टाइनहरू व्यवस्थित गर्न पटकपटक नेपाल सरकारलाई आग्रह गर्दै आएको स्मरण गराएको छ।

आयोगका सचिव एवं प्रवक्ता वेद भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै आयोगको आग्रहका बाबजुद अपेक्षाकृत रूपमा पिसिआर परीक्षण अझै बढ्न नसक्नु र ढलहरूमा समेत कोभिड–१९ को भाइरस भेटिएका समाचारहरूबाट समुदायमा नै कोभिड–१९ को संक्रमण फैलिएको हुनसक्ने अनुसन्धानकर्ता एवं वैज्ञानिकहरूको धारणा रहेको उल्लेख गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.