सल्यान : सल्यान घाँजरीपिपलका एक व्यक्ति भेरी नदीमा बेपत्ता भएको १२ दिनपछि मृत फेला परेका छन्।
घाँजरीपिपल–६ डुडाखोला निवासी २२ वर्षीय बालकृष्ण बिसी माझकाँडा–७ सिस्नेपातल नजिकै बिहिबार साँझ मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ । उनी गत माघ २३ गते दिउँसो भेरी नदिमा बेपत्ता भएका थिए।
परिवारका सदस्यहरुका अनुसार उनको मानसिक सन्तुलन ठीक थिएन। बेपत्ता बिसीको स्थानीय र प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।