|

बिहान ओछ्यानबाट उठ्न पाएको थिइनँ, गाउँबाट डाँडाघरे अन्तरे काकाको फोन आयो। अरू बेला हालखबर र सञ्चो बिसञ्चोबाट कुरा सुरु गर्ने काकाले यसपटक भने एकैपटक चुनावको कुरा निकाले। अत्यन्तै खुसी हुँदै काकाले भने- 'क्यारे चाइन्जो, चुनाव हुन लागेकै हो त बज्ज्या!'

'होला जस्तो छ काका', मैले भनेँ।

'होला जस्तो कि हुन्छ, ए बज्ज्या!'

'हुन्छ काका', काकालाई थप विश्वस्त बनाउने प्रयास गरेँ।

'क्यारे चाइन्जो, त्यसो भए किन होला जस्तो छ भनेको त? यो होला जस्तोले धेरै बिगार्‍यो। हुन्छ भने त हुन्छ भन्नुपर्‍यो नि! क्यारे चाइन्जो, अब जसरी पनि चुनाव हुनुपर्‍यो', काका धमाधम मलाई चुनावी पुराण सुनाउन लागे।

काकालाई रोक्दै मैले भनेँ- 'त्यसो त होइन काका! देशको चिन्ता त मलाई पनि छ नि! तर के गर्नु देशको चिन्ता भए पनि हामीले चुनाव गरेर नहुने! चुनाव गराउने नेता सिंहदरबारमा छन्, हामी सडकमा छौँ।

'चुनाव भए पनि नभए पनि तपाईँलाई के खसखस काका? यो चुनावको कुरा गर्नु भन्दा भैँसी पाल्नुस्, दूध खानुस्। मजाले बस्नुस्', मैले कुरालाई विषयान्तर गर्ने प्रयास गरेँ।

'ए बज्ज्या! मलाई खसखस नभए कसलाई खसखस हुन्छ त हँ? के मचाहिँ जनता होइन? क्यारे चाइन्जो, चुनाव भनेको जनताको चासोको कुरा हो। तिमी उरण्ठेउलाहरू कुरै बुझ्दैनौ। शहराँ बस्या छौ, जुल्फी हल्लाका छौ, भट्भटे चढ्या छौ। तिमीहरूलाई देशको केही मतलब नै छैन। क्यारे चाइन्जो, तिमीहरू बिग्रियौ केटा हो ...',  काका खुरुखुरु एक सुरमा भुत्भुताउन लागे।

काकालाई रोक्दै मैले भनेँ- 'त्यसो त होइन काका! देशको चिन्ता त मलाई पनि छ नि! तर के गर्नु देशको चिन्ता भए पनि हामीले चुनाव गरेर नहुने! चुनाव गराउने नेता सिंहदरबारमा छन्, हामी सडकमा छौँ। सिंहदरबारमा बस्नेले गराए चुनाव हुन्छ, नगराए हुन्न। हामी कराएर केही हुन्न काका! त्यसैले नकराई बस्नुस् भनेको।'

'ए बज्जे! तँ कस्तो नामर्द कुरा गर्छस् हँ! क्यारे चाइन्जो, तिनलाई सिंहदरबारमा हाम्ले पठाको होइन? अनि तिन्ले चुनाव नगरी हुन्छ?", काकाले कड्किँदै भने।

'ए काका! चुनाव कराएर हुन्न, गराएर हुन्छ। त्यसैले तपाईँ नकराउनुस्। चुप लागी गाउँको शुद्ध दूध-भात खाएर बस्नुस्', मैले काकालाई थप सम्झाउने प्रयास गरेँ।

'हैन, कस्तो कुरा गर्छ हो यो जुल्फे त? तैँले शहराँ बसेर भट्भटे चढिस् भन्दैमा गाउँका जनताले चाहिँ भट्भटे चढ्नुपर्दैन? भट्भटे कुदाउन बाटो चाहिँदैन? तैँले शहराँ पढिस् भन्दैमा गाउँका केटाकेटीले पढ्नुपर्दैन? यहाँ बाटोघाटो छैन, विद्यालय छैन, स्वास्थ्य चौकी छैन, विकास निर्माणका काम सब ठप्प छन्। त्यो सब गर्ने जनप्रतिनिधिले हो। क्यारे चाइन्जो, गाउँमा जनप्रतिनिधि छैनन्। अनि कसरी हुन्छ चुनाव नगरी देशको विकास र राजनीतिक निकास?', गाउँमा जनप्रतिनिधि नभा'को रिस काकाले मलाई पोख्न लागे। मानौँ कि मैले नै गाउँलाई जनप्रतिनिधिविहीन बनाएको हुँ।

'यस्ता विकास र निकासको कुरा त सिंहदरबारकाले गर्ने हो काका! चुनाव गरे नि उनकै कार्यकर्ता मोटाउने हुन्, नगरे पनि उनकै कार्यकर्ता दुब्लाउने हुन्। कागलाई बेल पाके हर्ष न विस्मात काका! त्यसैले यस्ता कुरामा टाउको दुखाएर नबस्नुस् मात्र भनेको', मैले अझै पनि काकालाई बुझाउने प्रयास गरेँ।

यसो भन्नासाथ काका त मेरा बाका भन्दा पनि ठूला डाका छोडेर कराउन थाले। मलाई नै पो हकार्न थाले।

'ए जुल्फे! क्यारे चाइन्जो, तँ त बिग्रिछस् शहराँ बसेर। क्यारे चाइन्जो, तँलाई त शहराँ पढेर ठूलो मान्छे होलास्, गाउँ फर्केर जनताको सेवा गर्लास् भनेर तेरो बाउले शहराँ पढ्न पठा'थ्यो। तर शहरको पानी खाएर तँ त स्वार्थी पो भइछस्। तेरो दिमागमा विश्वविद्यालयका गुरुले दिएको विद्या घुसेको छ कि बागमतीको ढल? तेरो मुटुमा गाउँको माया बसेको छ कि विदेशको हावा पसेको छ? क्यारे चाइन्जो, तेरो दिमाग सुविचारले तेजमय भएको छ कि कुविचारको धमिरा लागेको छ?', काका एक सुरमा रन्किँदै गए। म उनको कुरा नबोली सुनी मात्र रहेँ।

म नबोली सुनेपछि काकालाई फेरि असैह्य भएछ क्यारे! मलाई हप्काउँदै भने- 'ए जुल्फे! तँ किन बोल्दैनस् हँ? क्यारे चाइन्जो, तँ त्यो तल्ला घरे साइँलाको छोरा मनोजे नै त होस्? कि मैले मोबाइलमा अरूकै लम्बर थिचेँ?'

'हो काका, हो। म तपार्इँको घर भन्दा तलतिर घरको मनोज नै हुँ। यो मेरै मोबाइल नम्बर हो। तपाईँले सही नम्बर थिच्नुभा'को छ', मैले काकाको गलत नम्बर थिचेँ कि भन्ने आशंका निवारण गरिदिएँ।

'अनि त्यसो भा' तँ किन यस्तो स्वार्थी कुरा गर्छस् त? हाम्रो गाउँको पानी त यति स्वार्थी त थिएन त! क्यारे चाइन्जो, तँलाई शहरको स्वार्थी हावा-पानीले बर्बाद पारेजस्तो छ। अब कुरा सुन्, तँ त्यो स्वार्थी पानी खानुपर्ने शहराँ नबस्। तुरुन्तै गाउँ आइज। यहाँ चुनाव गर्नुपर्छ। राम्राराम्रा जनप्रतिनिधि छान्नुपर्छ। गाउँ बनाउनुपर्छ', काकाले आधा आदेश र आधा अनुरोधको लवजमा भने।

उनीहरू राजा आउँदा जागेर राजातिर लागे। पञ्चायत आउँदा जागेर पञ्चे भए। बहुदल आयो जागेर सब बहुदलवादी भए। माओवादी युद्धमा क्रान्तिकारी भए। अहिले सबै नेता गणतन्त्रवादी भएका छन्। यहाँ भन्दा कति जाग्नु काका?'

ओहो! काकाको गाउँ बनाउने कत्रो सपना? सोचेँ, भ्रममै किन नहोस्, काकाको सपनालाई निराश बनाएर केही फाइदा छैन। अनि मैले पनि भन्दिएँ- 'लौ काका लौ, अब गाउँ बनाउनुपर्छ। देश बनाउनुपर्छ। यसका लागि पहिले नेताहरू जाग्नुपर्छ। हामीले चाहिँ नेतालाई जगाउनुपर्छ।'

'अनि के नेता जागेका छैनन् र?', काका फेरि बम्के।

'जागेका छन् काका, जागेका छन्, २००७ सालदेखि जागेका जागेकै छन्। उनीहरू राजा आउँदा जागेर राजातिर लागे। पञ्चायत आउँदा जागेर पञ्चे भए। बहुदल आयो जागेर सब बहुदलवादी भए। माओवादी युद्धमा क्रान्तिकारी भए। अहिले सबै नेता गणतन्त्रवादी भएका छन्। यहाँ भन्दा कति जाग्नु काका?', मैले सोझो कुरा भन्दिएँ।

'हो बल्ल तैँले ठीक कुरा गरिस्। नेता जागेका जागेकै छन्। अब यी नेतालाई चुनावको लागि जगाउनुपर्छ', काका दंग परे।

काका दंग परेको देखेर मैले फेरि थपेँ- 'चुनावको लागि पनि जागिसके काका! अब नेता जागेर गाउँमा विद्यालय, बाटो, पुल, स्वास्थ्यचौकीका अश्वासनका पोका बोकेर आउँदै छन्। रातारात रोजगारी सिर्जना हुने भाषण लिएर आउँदै छन्। देशलाई सिंगापुर बनाउने सपनाका पुलिन्दा गाउँगाउँमा छर्नेवाला छन्। अब काका, गाउँ नेता जागेको शक्तिबाट निस्केको प्रकाशबाट झलमल्ल हुन्छ। अब टोलटोलमा मिनी नेता फल्छन्। अनि काका चुनावभरि जनताले नेतालाई नमस्कार पनि गर्नुपर्दैन, नेताले नै जनतालाई नमस्कार गर्छन्", मैले काकाको रिसको पारो तल झार्ने प्रयास गरेँ।

चुनाव हुने खुसीले ३ हात उफ्रिउँला झैँ गरे। काका खुसी भएको देखेर म पनि भन्दै गएँ- 'बरु काका, गाउँमा चुनावमा भोजभतेर गर्नका लागि खसी, राँगा, कुखुरा, सुँगुरचाहिँ पाल्दै गर्न भन्नुहोला गाउँलेलाई। चुनाव झरिलो बनाउनुपर्छ काका!'

'त्यति मात्र हो र काका! चुनावमा कसलाई कति भागवण्डा भन्नेमा यहाँ शहराँ छलफल भैरहेको छ। जनतालाई उम्मेदवार बनाउँदा उनीहरूको पैसा खर्च होला, चुनावमा खट्दा घरको काम बिग्रेला भनेर नेताहरूले आफ्नै नातागोतालाई उम्मेदवार बनाउने भएका छन्। कतिपय निर्वाचन बुथमा जनतालाई भोट हाल्न जाँदा दु:ख होला भनेर कसरी सबै जनताको भोट जनताकै नाममा एउटैले ढ्वाँगमा ओइर्‍याउने भन्ने चिन्तन गर्दै छन्। जनतालाई भोट खसाल्न जाने दिन दुःख होला, भोक लाग्ला भनेर जनताका लागि भोजभतेर गर्ने पैसा जोहो गर्दै छन्। भोट हाल्न जाँदा जनतालाई जाडो होला भनेर चुनावमा लुगा बाँड्न दाता खोज्दै छन्। त्यसैले चुनाव हुन्छ काका, हुन्छ, अब ढुक्क हुनुस्', काकालाई चुनाव हुनेमा थप विश्वस्त पारेँ।

'हो, क्यारे चाइन्जो, बल्ल तैँले ठीक कुरा गरिस् मनोजे बज्ज्या!', काका खुसी भए। चुनाव हुने खुसीले ३ हात उफ्रिउँला झैँ गरे। काका खुसी भएको देखेर म पनि भन्दै गएँ- 'बरु काका, गाउँमा चुनावमा भोजभतेर गर्नका लागि खसी, राँगा, कुखुरा, सुँगुरचाहिँ पाल्दै गर्न भन्नुहोला गाउँलेलाई। चुनाव झरिलो बनाउनुपर्छ काका!'

'हुन्छ। क्यारे चाइन्जो, म लागिहालेँ उर्दी गर्न गाउँतिर', काकाले भने।

फोन नराख्दै काका गाउँलेलाई उर्दी जारी गर्न लागे- 'ल है, गाउँले हो! क्यारे चाइन्जो, चुनाव आउन लाग्यो, घरघरमा खसी, बोका, राँगा, कुखुरा, सुँगुर पाल।' काकाको आवाज टाढा हुँदै गयो। मैले फोन काटेँ। मैले पनि काकाकै लवजमा भनेँ- 'ल है, क्यारे चाइन्जो, चुनाव हुन लाग्यो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.