|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीबाट कोरोना फैलिने सम्भावना नरहेको बताएको छ। मन्त्रालयले आइतवार नियमित प्रेस ब्रिफिङमा ढलमा भेटिएको भनिएको कोरोनाको जीवाणु मानिसमा सर्ने सम्भावना रहेको जनाएको हो।

मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्‍वर गौतमले ढलको नमुना लिएर जाँच्दा कोरोना भाइरस भेटिएको सन्दर्भमा ध्यानाकर्षण भएको जनाउँदै यस्तो जानकारी दिएका हुन्।

'विश्‍वका अन्य अध्ययनले ढलको पानीमा भेटिएका जीवाणुबाट कोरोना सर्ने सम्भावना देखिएको छैन। व्यक्ति निको भएको अवस्थामा ढलमा कोरोनाको संक्रमण भेटिन्छ। जुन सामान्यत: सार्ने हुँदैन', उनले भने, 'औषधि रखिएको फोहोर पानी या ढलको पानीमा कोरोना दुई दिनसम्म बाँच्‍ने हुन्छ। ढलबाट कोरोना सर्ने सम्भावना अहिलेसम्म देखिएको छैन।'

तर उनले ढलको पानीको उचित प्रशोधन हुनु जरुरी रहेको बताएका छन्। 'ढलको पानीमा कोभिड-१९ भेटिँदैमा कोरोना समुदायमा सरेको भन्‍न मिल्दैन', उनले भने, 'तर ढल सफा गर्नेले पूर्ण सुरक्षाको विधि अपनाउनु पर्छ। काम गर्दा आवश्यक पिपिई, ग्लोब्ससहितका पोशाक लाउनुपर्छ। त्यसक्रममा हातले नाकमुख हात छुनु हँदैन।' 

गौतमले ढलको पानीबाट कोरोना सर्ने कुरा अहिलेसम्म पुष्टि नभए पनि अन्य सरुवा रोग भने लाग्‍न सक्ने भएकाले जोगिन आग्रह गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.