काठमाडाैं : नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। कोइरालाले बैंकको सिस्टम ह्रयाक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने ब्याज आफ्नो निजी खातामा जम्मा गर्ने लगायतका कार्यहरु गरी भ्रष्टाचारजन्य कार्य गरेको आयोगले आराेप लगाएकाे हाे।
उनले नेपाल बैंक लिमिटेडको काठमाडौं बैकिङ अफिस र डिल्लीबजार शाखामा कार्यरत रहँदा बैंकले प्रयोग गर्ने बैकिङ्ग सिष्टम दुरुपयोग गरेको र अरु कसैले प्रयोग गर्न नमिल्ने र अरुलाईसमेत प्रयोग गर्न दिन नमिल्ने बनाई बैंकलाई हानिनोक्सानी पुर्याएको आरोप अख्तियारले लगाएको छ।
अख्तियारले भनेको छ – नेपाल बैंक लिमिटेडको काठमाडौं बैंकिङ अफिस र डिल्लीबजार शाखामा रहेका हिसाब अनधिकृत रुपमा खर्च गरी रु ५४,८४,०४५।६० नेपाल सरकारकोसमेत स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडबाट आफ्नो विभिन्न खातामा जम्मा गरी गराई आफूले सो रकम खाइमासी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।