|

डडेल्धुरा : सुदूरपश्चिममा आइतबार ८५ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १७, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला जुम्लामा २० जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा ३ र धनगढी प्रयोगशालामा ४५ गरी यहाँका थप ८५ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १४, र बैतडीका ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा बाजुराका २० जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा डडेल्धुराका तीनजनामा कोरोना पुष्टि भएको हो। यस्तै धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३३ पुरुष र १२ महिला गरी ४५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकाका २० पुरुष र ८ महिला गरी २८ जना, कैलालीको गोदावरी नगरपालिकाका ८ पुरुष र एक महिला गरी ९ जना, धनगढीका २ महिला, टीकापुर नगरपालिकाका एक पुरुष र डडेल्धुराको परशुराम नगरपालिकाका ४ पुरुष र एक महिला गरी ५ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। यहाँका विभिन्न अस्पतालबाट ६ सय ९० जना डिस्चार्ज भएका छन्। संक्रमितमध्ये ८ जनाको मृत्यु भइसकेको छ। सुदूरपश्चिममा शनिबार ५९ जना कोरोना संक्रमित थपिएका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.