मिनेन्द्रले पार्टी नेताहरुसँग भेटको पुष्टि गरे

|
फाइल फाेटाे

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भएको भेटबारे पार्टीलाई जानकारी गराएका छन्।

आइतवार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा देउवाले दुई नेतासँग भएको भेटबारे जानकारी गराएको कांग्रेसका एक नेताले जानकारी दिए। देउवाले नेकपाका अध्यक्ष र संसदीय दलका उपनेता भेटेको बारेमा प्रश्‍न उठाइएपछि जानकारी गराइएको हो। 

उनका अनुसार देउवाले दुई नेताको भेटमा के कुरा भयो भन्नेबारे खुलस्त पारेनन्।  देउवाको तर्फबाट प्रधानमन्त्रीसँग भेट भएको बारे केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले जानकारी गराएका हुन। 

स्रोत भन्छ, ‘प्रधानमन्त्री र नेकपाका संसदीय दलका उप नेतासँग भएको भेट भयो भनेर त भनियो तर, केके कुरा भयो भन्‍ने खुलस्त पारिएन।’ केन्द्रीय समितिको बैठकमा डा. रिजालले नेम्वाङसँग संवैधानिक नियुक्ति, अमेरिकी परियोजना एमसिसी र नागरिकता विधेयकबारे छलफल भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.