समाज : सुरक्षा/अपराध

दुई लाख रुपैयाँसहित नौजना जुवाडे पक्राउ

प्रतीकात्मक तस्बिर
असार २२, २०७७

    दाङ : तुलसीपुर उपमहानगरपालिकाबाट प्रहरीले दुई लाख रुपैयाँभन्दा बढी  रकमसहित नौजना जुवाडेलाई पक्राउ गरेको छ।

    तुलसीपुर–७ नयाँबस्तीस्थित प्रेम सुनारको घरबाट इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले आइतबार राति करिब ९ बजे दुई लाख २५ हजार रुपैयाँसहित नौजनालाई पक्राउ जनाएको  हो। 

    पक्राउ पर्नेमा तुलसीपुर–७ का ३६ वर्षीय प्रेमबहादुर सुनार, ३३ वर्षीय रमेश नेपाली, ३९ वर्षीय धनेश्वर विक,  ३६ वर्षीय खिमबहादुर सुनार,  २७ वर्षीय सन्तोष नेपाली, ३४ वर्षीय निराजन तिवारी, ३८ वर्षीय शिवकुमार स्वर्णकार, तुलसीपुर–५ का ३७ वर्षीय टेकबहादुर विश्वकर्मा, तुलसीपुर–८ का ३५ वर्षीय शोभाराम सुनार र ३९ वर्षीय टंकबहादुर सुनार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]