|

तनहुँ : तनहुँका ३२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेसनमा रहेका उनीहरु आइतबार साँझ डिस्चार्ज भएका हुन्।

स्वास्थ्य कार्यालय तनहुँका अनुसार उनीहरुको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। डिस्चार्ज हुनेहरुमा व्यास र भानु नगरपालिका, ऋसिङ र म्याग्दे गाउँपालिकाका रहेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए। सोतीका अनुसार ऋषिङ १८, व्यासका पाँच, म्याग्देका ६ र भानुका तीनजना रहेका छन्।

तनहुँमा पछिल्लो समय संक्रमितको संख्या बढ्दै गए पनि संक्रमणमुक्त भएर घर फर्कनेको संख्या पनि बृद्धि भएको छ। शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसन राखिएका ३४ जना संक्रमितहरु पनि संक्रममुक्त भई घर फर्किसकेका छन्। कोरोना संक्रमणमुक्त हुने संख्या ६७ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.