|
फाइल फाेटाे

काठमाडौं :   नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल शुरु भएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अनुसार अध्यक्षद्वय मात्रै छलफलमा जुटेको थाहाखबरलाई जानकारी दिए। 

पार्टीभित्रको विवादलाई लिएर आइतबार पनि ओली दाहालबीच वार्ता भएको थियो। आइतबारको वार्तामा ओली पक्षबाट महासचिव बिष्णु पौडेल र शंकर पोखरेल र अध्यक्ष दाहाल तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन सहभागी थिए। आइतबारको बैठक सकारात्मक भएको बताएपनि निर्णय लिन सकेन। 

पार्टी भित्रको समस्या समाधान गर्न दोस्रो तहका बैठकमा सहभागी ४ नेतालाई जिम्मा दिइएको छ। पार्टीभित्रको विवादको कारणले असार १० गतेबाट सुरु भएको स्थायी कमिटीको बैठक पटक पटक स्थगित हुदै आएको छ। आजका लागि बोलाइएकाे  बैठक फेरि २४ गते बस्ने गरी स्थगित भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.