|

जनकपुरधाम : एघार वर्षीया बालिकाको बलात्कार गरी हत्या गरेको आरोपमा भारतीय नागरिकलाई पक्राउ गरी धनुषा प्रहरीले आज सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका मलिहाबाद जिल्ला काकोरी ग्राम पञ्चायत वडा नम्बर ११ बण्डाखेरा गाउँका ३२ वर्षीय दिपु सिंह छन्।  जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिका कञ्चन पजियारलाई बन्धक बनाई उनले बलात्कार गरी हत्या गरेको स्वीकार गरेका हुन् ।

पक्राउ परेका सिंह कुर्थास्थित चौधरी र मिश्र इन्डस्ट्रिजमा विगत ४/५ महिनादेखि कार्यरत थिए। आईतवार इन्डस्ट्रिजबाटै उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीले जानकारी दिए। 

उनका अनुसार असार १७ गते बालिका भैँसी चराउन गएका बेला इन्डस्ट्रिजमा आँप खान पुगेकी थिइन्। सोही बेला आँप दिने प्रलोभनमा बालिकालाई सिंहले नियन्त्रणमा लिएका थिए।
असार १८ गते विहान बालिकाको शव दुधमती नदीको किनारमा फेला परेको थियो। 

घटनाको अनुसन्धान गर्दा शव फेला परेको स्थानदेखि करिब ५० मिटरको दुरीमा धान खेतमा गाडिएको अवस्थामा ब्लाङ्केट भेटिएको थियो। उक्त ब्लाङ्केट बरामद भएपछि सिंह पक्राउ परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.