|

काठमाडौं : वैदेशिक रोजगार बोर्डको सदस्यमा वैदेशिक रोजगार व्यवसायी हेम गुरुङ र स्वास्थ्य व्यवसायी कैलाश खड्का मनोनित भएका छन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले उनीहरुलाई बोर्डको सदस्यमा २ वर्षका लागि मनोनित गरेका हुन्। गुरुङ एसओएस म्यानपावर सर्भिस प्रालि तथा कतार भिसा सेन्टरका सञ्चालक हुन भने खड्का स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष हुन्।

स्वास्थ्य व्यवसायी खड्का तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारमाथि आर्थिक भार पारी ठगी गरेको आरोप लगाए मध्येका एक हुन्। 

वैदेशिक रोजगार बोर्डको अध्यक्षमा श्रममन्त्री र सदस्यहरूमा राष्ट्रिय योजना आयोग, श्रम सचिव, वैदेशिक रोजगार विभागका महानिर्देशक, म्यानपावर तथा मेडिकल व्यवसायीहरु, ट्रेड युनियनलगायत प्रतिनिधिहरू रहने व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.