|

काठमाडौं : कपिलवस्तुको खैरेन्द्रपुरमा बिहिबार राती भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। शिवराज नगरपालिकामा लु २१ प ९३५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई भएको दुर्घटनामा अर्घाखाँची खिदिमपोखराका १९ वर्षीय महेश सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भिर घाइते भएका सुनारको उपचारको क्रममा सन्जिवनी अस्पताल, चन्द्रौटामा मृत्यु भएको हो। मोटरसाइकल चालक २३ वर्षीय प्रकाश सुनार पनि दुर्घटनामा घाइते भएका थिए। उनको लुम्बिनी अन्चल अस्पताल, बुटवलमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.