|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा जनता समाजवादी पार्टीका नेताहरु छलफलका लागि पुगेका छन्।

सभापतिको निवास बुढानिलकण्ठमा भएको भेटवार्तामा कांग्रेसको तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला सहभागी छन्। उता जसपाको तर्फबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, महन्थ ठाकुर र अशोक राई सहभागी भएको देउवाका स्वकीय सचिव भानु देउवाले थाहाखबरलाई जानकारी दिए। 

दुई पार्टीको भेटमा नागरिकता विधेयक र पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल भएको बताइएको छ। नागरिकता विधेयकमा कांग्रेस र जनता समाजवादी पार्टीको धारणा एउटै छ।

सत्तारुढ दल नेकपाले नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई विवाह गरेर आएको सात वर्ष पछिमात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको छ। त्यस्तै संसदीय समितिले पनि सोही निर्णय बहुमतबाट निर्णय गरी संसदमा प्रस्तुत गरेको छ। कांग्रेस र जसपाका सांसदहरुले यसको विरोध गर्दै आइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.