काठमाडौं : पिसिआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका दुई युवाले मंगलबार अनशन तोडेका छन्।
पिसिआर परीक्षणको दायरा बढाउने बिषयमा हिजो सरकारसँग १२ बुँदे सहमति भएपछि दुई युवा ईशान अधिकारी र पुकार बमले अनसन तोडेका हुन्। उनीहरु १२ दिनदेखि मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा अनसनरत थिए।
स्वास्थ्य मन्त्रालय र सत्याग्रही युवाबीच सहमति भएपछि उनीहरुले अनसन तोडेका अस्पतालले जनाएको छ। सत्याग्रही युवा र सरकारबीच विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै परीक्षण गरेर इच्छा अनुसार होम क्वारेन्टाइन वा होटल क्वारेन्टाइन वा सार्वजनिक क्वारेन्टाइनको व्यवस्था गर्ने लगायत सहमति भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।