|

काठमाडौं : सोमबार साँझ सामाजिक सञ्‍जालमा एक युवतीलाई पुरुषले निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियो अछाम जिल्लाको रहेको र महिलामाथि कुटपिट गर्ने व्यक्ति उनका ससुरा रहेको बताइएको थियो। 

उक्त भिडियो सार्वजनिक भएपछि महिला हिंसा भएको भन्दै कारबाहीका लागि सामाजिक सञ्‍जालमा आवाज उठेको थियो।

यसबारे मंगलबार नेपाल प्रहरीले यो घटनाबारे प्रहरीले अनुसन्धान गरेको जनाएको छ। प्रहरीले सामाजिक संजालमा महिला उपर ससुराद्वारा भएको कुटपिटको भिडियो क्लिप प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अछाम मार्फत छानबिन अगाडि बढाइएको नेपाल प्रहरीका प्रवक्ता निरज बहादुर शाहीले जानकारी दिए।

'अनुसन्धान गर्दा उक्त घटनामा संलग्न परिवारका सदस्यहरु हाल भारतमा बसोबास गरिरहेको खुल्न आएको छ', नेपाल प्रहरीका प्रवक्ता शाहीले भने, 'यो घट्ना अछाममा नभई भारतको महाराष्ट्रमा भएको खुल्न आएको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.