|

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर  २ सय ४ जना  कोरोना संक्रमित थपिएका छन्।

देशका विभिन्न प्रयोगशालामा ६ हजार १ सय ३३ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए। आज मात्र कोरोना संक्रमितबाट निको भएर डिस्चार्ज हुने ६ सय ८८ जना रहेका छन्। हालसम्म कोरोना जित्नेको  संख्या ७ हजार ४ सय ९९ रहेका छन्। 

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार १ सय ६८ पुगेको छ। कोरोनाको संक्रमणबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये हालसम्म ७ हजार ४ सय  ९९ जना निको भएर घर फर्किएका छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.