|

एजेन्सी : भारतपछि अमेरिकाले पनि टिकटक सहितका चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने संकेत गरेको छ। विदेशमन्त्री माइक पोम्पेओले यसबारे विमर्श भइरहेको बताएका छन्। यसअघि‚ भारतले झण्डै ५ दर्जन चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो।

फक्स न्युजसँगको अन्तर्वार्तामा पोम्पेओले यसलाई गम्भीरताका साथ लिइएको बताए। अमेरिकी कूटनीतिज्ञहरूले टिकटकमाथि कटाक्ष गर्दै आफ्नो गोप्य जानकारी चिनियाँ कम्युनिष्ट सरकारको हातमा सुम्पने भए टिकटक चलाउँदा फरक नपर्ने’ बताउँदै आएका छन्।

टिकटकले भने प्रयोगकर्ताको डेटा चीन सरकारसमक्ष हस्तान्तरण नगरिएको दाबी गर्दै आएको छ। ‘टिकटकको प्रमुख कार्यकारी निर्देशक पदमा अमेरिकी नागरिक बहाल छन्’‚ उक्त कम्पनीले भनेको छ‚ ‘हामीले चीन सरकारलाई कुनै डेटा बुझाएका छैनौं‚ न त मागिएको खण्डमा बुझाउने नै छौं।’

अमेरिका र चीनबीच केही समययता सुरक्षा‚ प्रविधि र व्यापारका विषयमा तनाव चुलिँदै गएको छ। अमेरिकासहित उसका पक्षधर देशहरूले बेइजिङमा मुख्यालय रहेको मनोरञ्जनात्मक एप टिकटकलाई निशाना बनाउँदै आएका छन्। टिकटक चीनबाहिर यतिबिघ्न लोकप्रियता कमाउने पहिलो एप हो। संसारभर यसका २ अर्बभन्दा धेरै प्रयोगकर्ता छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.